April 6th, 2021

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त


बैंकिङ खबर/प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । यहि चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो । बैंकका अध्यक्ष देवीप्रकाश भट्चन बाहिरिएपछि उक्त पद खाली रहेको थियो ।सिटौलासँग बैंक तथा वित्तीय संस्थामा काम गरेको उनीसँग करिब साढे दुई दशकको अनुभव छ । नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरेका उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । उनले कृषि विकास बैंकको सीइओको रुपमा पनि काम गरेका थिए ।

उनीले पूर्वाञ्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा पनि काम गरेका थिए । यस्तै, सिटौलाले बीमा संस्थान, नेपाल स्टक एक्सचेन्जमा सञ्चालक, कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल बैकर्स संघको कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]