
बैंकिङ खबर/सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय(Online)माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (KYC)अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।
सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइट www.sanimabank.com मा login गरी Online KYC Update मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (KYC) अद्यावधिक गर्न सक्नुहुनेछ । यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चेसहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफु पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ ।
बैंकमा उपस्थित नभई आफु अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दाधेरै ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास लिएको छ ।