Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले डिबेन्चर ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२०७७ चैत्र २३ गते

बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक लिमिटेडले रू. १,०००  अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने रू. १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गर्ने भएको छ । 

डिबेन्चर निष्काशनका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राजचालिसेले हस्ताक्षर गर्नुभएको हो ।

रू.१ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात् रू. ७५ करोड) व्यक्तिगत तवरमार्फत् र ४० प्रतिशत (रू. ५० करोड) सर्वसाधारण लगानी कर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिनेछ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धितसबैमा बैंकले अपिल गरेको छ ।

Ad