
बैंकिङ खबर/कृषि विकास बैंक लि. काे सञ्चालक समिति सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनुभएको छ । नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयानुसार उहाँ सदस्यमा मनोनयन हुनुभएको हाे ।
नवनियुक्त सञ्चालक सदस्य मैनालीमा सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दिर्घराज मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराउनुभएको थियो ।
साे अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा.हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईं, कृषि विकास बैंक लि.का का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।