Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनमा, एनबीआईले दियो बैंकका सञ्चालकहरुलाई तालिम  

admin २०७३ श्रावण ३१ गते
सेयर:

trainingनेशनल बैंकिङ इन्ष्टीच्युट (एनबीआई)ले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई दुई दिने तालिम प्रदान गरेको छ । एनबीआईले यही गत शुक्रबार र शनिबार विभिन्न बैंकका सञ्चालकहरुलाई ‘डिरेक्टर रिफ्रेसर कोर्ष’ विषयक तालिम प्रदान गरेको जनाएको छ । 

एनबीआइका अनुसार सो तालिममा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु गरी २७ जना सहभागी भएका थिए । सो तालिममा सञ्चालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोमिख व्यवस्थापन र बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समितिलगायतका विषयहरुमा बैंक तथा वित्तीय संस्था नियमन विभाग राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे र पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले प्रस्तुती दिएका थिए ।

कार्यक्रमको समापन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले संस्थालाई सबल र दिगो बनाउन संस्थागत सुशासनको भूमिका अपरिहार्य रहेको बताए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बैंकिङ तालिमको व्यवस्था गर्ने घोषणा गरेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।