Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘विश्व वित्तीय सप्ताह २०२१’ मा लक्ष्मी बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

२०७७ चैत्र १६ गते

बैंकिङ खबर/विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता अभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्नेे उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिङको प्रयोग सम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।
यसै गरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्घि सम्बन्धी वृत्तचित्र “समृद्घिको अभियान, लक्ष्यवित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७चैत्र १० गतेतथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्ववित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नववर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रतिक्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

Ad