बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले भक्तपुर चाँगुनाराण नगरपालिकाका तीनसय युवालाई बिना धितो ३ लाखसम्म कर्जा उपलव्ध गराउने छ । नेपाल बैंक लिमिटेड एवं राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको मयेर उद्यमशिलत कार्यक्रम २०७७ अन्तर्गत आयोजित सप्ताहव्यापी उद्यमशिलता तथा वित्तिय साक्षरता सम्बन्धि तालिमका सहभागिलाई कर्जा उपलव्ध गराउन लागिएको हो ।
चाँगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल ईन्जिनियरिङ कलेजमा सञ्चालन भएको उक्त तालिममा चाँगुनारायण नगरपालिका भित्रका एक हजार भन्दा बढी आवेदनबाट अभिमुखीकरण पश्चात वडा नं.१ देखि १० सम्मका ३ सय ९० जना प्रशिक्षार्थी गरी विभिन्न १० समुहमा वर्गिकरण गरी सञ्चालन गरिएको थियो ।
उक्त तालिम कार्यक्रमबाट आफ्नो व्यवसाय कसरी छनोट गर्ने र कसरी सुरुवात गर्ने भन्ने अवधारणको विकास गराइएको थियो ।
नगरपालिका क्षेत्रका कृषि तथा पशुजन्य व्यवसाय, पर्यटन व्यवसाय तथा उद्यमशीलता प्रवद्र्धन गरी सबैलाई स्वावलम्बन तथा स्वरोजगार बनाउने मुख्य उदेश्य भएको उक्त कार्यक्रम अनुसार सहभागीहरुलाई नेपाल राष्ट्र बैंक लिमिटेडले प्रथम चरणमा सहलियतपूर्ण कर्जा अन्तर्गत तीन सय जनालाई उक्त कार्यक्रम अनुसार सहभागीहरुलाई नेपाल बैंक लिमिटेडले प्रथम चरणमा सहुलियतपूर्ण कर्जा अन्तर्गत तीनसय जनालाई बिना धितो ३ लाखसम्म कर्जा उपलव्ध गराउने भएको हो ।

नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम निर्देशिका २०७७ तथा सहलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि व्याज अनुदान सम्बन्धि कार्यविधि २०७७ बाट निष्र्दिष्ट गरिएबमोजिम तथा नेपाल राष्ट्रबैक द्वारा जारी निर्देशन तथा नेपाल बैंक लि.को सहलियपूर्ण कर्जाको एकिकृत कार्यविधि २०७५ को व्यवस्था बमोजिम उक्त कर्जाहरु उपभोग गराइनेछ ।
नेपाल बैंक लिमिटेडले हालसम्म विभिन्न स्थानीय पालिकाहरुसँग यस प्रकारको सम्झाता गरी सहलियतपूर्ण कर्जाहरु उपभोग गराउँदै आएको भएतापनि यस प्रकारको तालिम सञ्चालन सहकार्य गरिएको यो पहिलो पटक हो । उक्त अवसरमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारले यस प्रकारको तालिमहरुले स्वरोजगारी सृजना गर्ने तथा उपयुक्त व्यवसायको छनोट तथा सञ्चालन गरी सफल चुम्न सक्षम बनाउने विचार व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा राष्ट्रिय युवा परिषदका कार्यकारी माधव ढुंगेल, नेफस्कुनका अध्यक्ष पारुतोष पौडेल, उद्योगी व्यवसायी पवन गोल्याण, नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तित्वले मन्तव्य राख्दै सहभागिलाई शुभकाना दिनुभएको थियो ।