Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बङ्गलादेश बैंक र सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

२०७७ चैत्र १० गते

बैंकिङ खबर/  नेपाल बङ्गलादेश बैंक लिमिटेड र  नेपाल सुनचाँदी ब्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडकोतर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट महासंघका अधक्ष्य माणिक रत्न शाक्यले हस्ताक्षर गर्नुभएको हो ।
उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन्। साथै नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवर्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको क्यूआर कोटमार्फत भुक्तानी गर्न सक्नेछन् ।

साथै नेपालभरीका महासंघसँग आवद्व महिला तथा दलित समुदाय द्वारा संचालित सुनचाँदी ब्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण “महिला उद्यमशील कर्जा” तथा “दलित समुदाय ब्यवसाय बिकास कर्जा” पनि प्राप्त गर्न सक्नेछन् ।

Ad