August 15th, 2016

बाल विकास समाजलाई सिटिजन्स बैंकको ५० हजार सहयोग

Photoसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले सो चेक बाल विकास समाजका महासचिव सुभास गौतमलाई हस्तान्तरण गरेका छन् । बैंकले यस अघि पनि राष्ट्रिय व्याडमिन्टन खेलाडि सुश्री नङसल तामाङलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने गरि एक वर्षको लागि सम्झौता गरेको थियो ।