Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

युनाइटेड फाइनान्सको शाखा रुपन्देही र पाल्पामा

२०७७ चैत्र ९ गते


बैंकिङ खबर/भारतको प्रतिष्ठित कम्पनी मुथुट फाइनान्सको लगानी रहेको युनाइटेड फाइनान्स लिमिटेडले २५औं र २६ औं शाखा रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ ।

मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाइनान्स लिमिटेडका सञ्चालक मतिप्रभा पाण्डेले गरेका थिए भने पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक मनिषकुमार खेमकाले संयुक्त रुपमा गरेका थिए ।
दुबै शाखाले आजदेखि नै विधिवत रुपमा बैंकिङ कारोवार सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ । चुक्तापुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठुलो फाइनान्स कम्पनी युनाईटेड फाइनान्स लिमिटेडलेसबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमाशाखाविस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad