Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योती विकास बैंक पनि अब विद्युतीय भुक्तानी प्रणालीमा

admin २०७३ श्रावण ३१ गते
सेयर:

Jyoti Bikash Bankनेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS सेवासम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र ज्योति विकास बैंकका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हस्ताक्षर गरे । यस सम्झौताअनुसार क्लियरिङ्ग हाउसले ज्योतिलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

NCHL-IPS प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथावित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।

NCHL-IPS प्रणालीका लागि कम्पनीले ५८ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । ज्योति विकास बैंकसँगको यस सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सदस्य संख्या ६२ पुगेको छ । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएकको NCHL-ECC सेवामार्फत आफ्ना ११३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,७४७ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।