Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुछ्रे बैंकको एकैसाथ ३ प्रदेशका ४ स्थानमा क्युु.आर.कोड सेवा

२०७७ चैत्र ६ गते

बैंकिङ खबर/माछापुछ्रे बैंकले देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यु.आर.कोड सेवा सुरुवात गरेको छ । प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन, त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमागरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यु.आर.कोड सेवा शुरु गरेको हो ।

नगदरहित कारोबारलाई प्रर्वद्धन उद्धेश्यका साथ बैंकले शुक्रबार देशकाविभिन्न स्थानहरुमा क्यु. आर. कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्तक्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकमभुक्तानी सिँधै आफ्नो बैंक खाताबाट भुक्तानीगर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटलभुक्तानीगर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ ।
यहिकुरालाई मध्यनजर गर्दै एकैसाथ ३ वटा प्रदेशका ४ स्थानमा माछापुछ्रे बैंकको क्युु.आर.कोड सेवा बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधाग्राहक माझ ल्याउन कटिवद्ध रहेको एकैसाथ ३ वटा प्रदेशका ४ स्थानमा माछापुछ्रे बैंकको क्युु.आर.कोड सेवा बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

Ad