
बैंकिङ खबर/ नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता भएको छ । औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने उदेश्यले सम्झौता भएको हो ।
नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुँचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सँधै अग्रसर रहेको छ ।’ उनले औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक नविल बैंक रहेको बताए ।