Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिलोत्तमाको योगीकुटी हाट बजारमा ‘क्युआर कोड’मार्फत भुक्तानी

२०७७ चैत्र ६ गते

बैंकिङ खबर/  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको साप्ताहिक हाटबजारमा क्युआर कोड माफर्त भुक्तानी गर्न सकिने भएको छ । बजारमा क्युआर कोडबाट भुक्तानी गर्ने कार्यको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले शुभारम्भ गर्नुभएको छ ।
माछापुच्छ्रे बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले यस प्रणालीबाट कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा माछापुच्छ्रे बैंक प्रबन्धक उज्ज्वल पाण्डे, शाखा प्रबन्धकहरु विकास भट्टराई र कृष्ण पाण्डे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेलगायतको उपस्थिति थियो ।
हाटबजार क्षेत्रभित्रका तरकारी फलफुल एवम् अन्य उपभोग्य वस्तु र लत्ता कपडाका करिब एकसय पचास भन्दाबढी ब्यापरीहरुका पसल सञ्चालनमा छन् । क्यूआर कोडको शुभारम्भसँगै प्रत्येक सोमबार र बिहीबार लाग्ने उक्त हाटबजारमा तरकारी तथा फलफुल खरिद गर्दा नगदरहित कारोेबार गर्न सकिने भएको छ ।

Ad