Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ मिशन डेभलपमेन्ट बैंक सिटिजन्समा गभिँदै, केही दिनमै एकीकृत कारोबार

२०७७ चैत्र ५ गते

 

बैंकिङ खबर/  तिनाउ मिशन डेभलपमेन्ट बैंक सिटिजन्स बैंकमा गभिँने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

अन्तिम स्वीकृति दिएको दिनदेखि १ महिना भित्र एकीकृत कारोबार गर्न यी बैंकहरुलाई निर्देशन दिइएको छ । जसअनुसार सिटिजन्स बैंक र तिनाउ मिसनले बैशाख ४ गतेभित्र एकीकृत कारोबार गरिसक्नु पर्नेछ ।
यी बैंकहरु गत काक्तिकमा नै प्राप्तिको सम्झौता गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतिको पाइपलाइनमा थिए ।एकीकृतमा सिजिटन्सको सेयर स्वाप रेसियो १०० र तिनाउ मिसनको ९६ हुनेछ ।
तिनाउलाई प्राप्तिपश्चात् बैंकका कुल १६३ शाखा हुनेछन् । सिटिजन्स बैंकको हालको चुक्तापुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्तापुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

 

Ad