बैंकिङ खबर/ कोभिड १९ को महामारीका कारण प्रभावित बनेको अर्थव्यवस्था विस्तारै चलायमान हुन थालेको छ । चालु आर्थिक वर्षको सात महिनामा शोधनान्तर स्थिति बचतमा देखिएको छ । यसको अर्थ बाह्य क्षेत्रको कारोबारबाट तरलताको प्रवाह रहेको बुझिन्छ । यस अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ कारोड बचतमा रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले देखाएको छ । निश्चित समयावधिमा आवासीय तथा गैरआवासीय व्यक्ति तथा संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु। २१ अर्ब ६१ करोडले बचतमा थियो । अमेरिकी डलरमा भने शोधनान्तर स्थिति यस अवधिमा ८१ करोड ७६ लाखले बचतमा छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा थियो ।
चालु खाता भने १ खर्बभन्दा बढी घाटामा
चालु आवको सात महिनामा चालु खाता भने घाटामा देखिएको छ । यस अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा थियो । अमेरिकी डलरमा चालु खाता ८७ करोड १० लाखले घाटामा देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा थियो ।
चालु आवको पहिलो महिनादेखि नै बचतमा गएको चालु खाता कात्तिक मसान्तसम्म पनि बचतमै थियो । पाँचौँ महिना ९मंसिर मसान्त० देखि घाटामा जान थालेको चालु खाता निरन्तर ओरालो लागिरहेको छ ।
चालु खाता देशमा भित्रिने कुल विदेशी मुद्रा र देशबाट बाहिरिने मुद्राबीचको अन्तर हो । चालु खाता घाटाको अवस्था भनेको देशबाट बाहिरिएको मुद्राको तुलनामा विदेशी मुद्रा कम भित्रिएको अवस्था हो । चालु खाता वचतमा जानका लागि देशबाट बाहिरिएको मुद्राभन्दा बढी विदेशी मुद्रा देशमा भित्रिनुपर्ने हुन्छ । चालु खाता घाटाले अन्य देशबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशलाई खुद सापटी दिइएको अवस्थालाई समेत बझाउँछ ।
नेपालले पेट्रोलियम पदार्थ, तयारी वस्तु, महँगा यन्त्रउपकरण तथा औद्योगिक सामग्री, इलेक्ट्रोनिक सामान, यातायातका साधन, प्रविधिलगायतको आयात गर्ने गरेको छ, जसमा ठूलो रकम बिदेसिने गरेको छ । निर्याततर्फ भने कम मूल्यका कच्चा वस्तुहरू, घरेलु उत्पादन, चियालगायत छन् । महामारीका कारण पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको हालको अवस्थामा विप्रेषण ९रेमिट्यान्स० विदेशी मुद्रा भित्रिने प्रमुख आधार हो । चालु आवको सात महिनामा ५ खर्ब ६७ अर्ब विप्रेषण भित्रिएको छ । कोभिडकै प्रभावका कारण पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएकाले यसले निकट भविष्यमा विप्रेषण रकममा समेत असर पुग्ने संकेत देखिएको छ ।
यस अवधिमा पुँजीगत ट्रान्सफरमा ५।७ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड कायम भएको छ । त्यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ३७।३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड थियो ।