सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) भदौ १२ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले १०० रुपैयाँ दरका एक लाख २० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
कुल सेयरमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारीहरुलाई छुट्याएको छ । यसबाट बचेको एक लाख नौं हजार २ सय कित्ता सेयरका लागि मात्र सर्वसाधारण भाग लिन पाउँछन् । सर्वसाधारणले सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा १००० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ ।
कहाँ दिने आवेदन ?



