Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर छलफलमा

२०७७ चैत्र २ गते

बैंकिङ खबर/  नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीच ‘बिग मर्जर’का चलिरहेको छलफल निष्कर्षउन्मुख देखिएको छ । दुवै बैंकले बनाएका कमिटीबीच छलफल चलिरहेको स्रोतले बतायो । स्रोतका अनुसार मर्जरपछिको बैंकको नाम, स्वाप रेसियोलगायत विषयमा छलफल निष्कर्षोन्मुख छ ।

ड्यु डेलिजेन्स अडिट (डिडीए) गर्न गठित समितिले रिपोर्ट बुझाइसकेको बताइएको छ । डिडिए रिपोर्टपछिको छलफल सकारात्मक भएकाले मर्जरसम्बन्धी छलफलका लागि यसै साता दुवै बैंकका सञ्चालक समितिको बैठक बस्न सक्ने स्रोतको भनाइ छ । सञ्चालक समितिले लामो समयदेखि चर्चामा रहेको मर्जर प्रक्रियालाई अन्तिम रूप दिएमा आगामी साता समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने सम्भावना स्रोतले औँल्याएको छ ।

दुई बैंकबीच मर्जरप्रक्रिया निष्कर्षमा पुगेमा यो नै हालसम्मको बिग मर्जर सावित हुनेछ । मर्जरपछिको बैंकको चुक्तापुँजी साढे २६ अर्ब नाघ्नेछ । यसअघि ग्लोबल आइएमई बैंक र जनता बैंक लिमिटेडबीच बिग मर्जर भएको थियो । मर्जरपछि सबैभन्दा ठूलो बैंकको रूपमा रहेको ग्लोबलको हालको चुक्तापुँजी करिब २१ अर्ब ६३ लाख छ । पछिल्लो समय राष्ट्र बैंकको नीतिअनुरूप बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा मर्जर तथा एक्विजिसनमार्फत पुँजीवृद्धिको प्रयासमा छन् ।

Ad