
बैंकिङ खबर/ सिभिल बैंकले मोरङको विराटचोकमा रहेको करदाता सेवा कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुन्दरहरैचा नगरपालिका–९ स्थित कार्यालयमा स्थापित नयाँ एक्स्टेन्सन काउन्टरको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले उद्घाटन गरे । ‘समृद्धिका लागि सिभिल बैंक’ नारा दिँदै आएको बैंकले सेवाग्राहीको दिनहुँ बाक्लो उपस्थिति रहने राजस्व कार्यालयमा एक्स्टेन्सन काउन्टर विस्तार गरेको हो । योसँगै बैंकको एक्स्टेन्सन काउन्टर संख्या ७ पुगेको छ, जसमध्ये ४ वटा कर तथा राजस्व संकलनसम्बन्धी सरकारी कार्यालयमा छन् ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय विराटचोकका प्रमुखनेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख भोलाबहादुर विष्ट, सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकाललगायतको उपस्थिति थियो । कार्यक्रममा स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । काउन्टर स्थापनाले आन्तरिक राजस्व कार्यालयका सेवाग्राहीसँगै त्यस क्षेत्रका स्थानीयवासी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले मुलुकभर १ सय १४ शाखामार्पmत ५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । यससँगै बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा गरी ८९ वटा एटिएम सञ्चालन गरिरहेको छ । बैंकले चालू आर्थिक वर्षमा हालसम्म ८१ अर्बभन्दा बढी निक्षेप संकलन तथा परिचालन गरी ७४ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे बैंकले जनाएको छ ।