March 8th, 2021

कुमारी बैंकको ‘डिजिटल च्यालेन्ज’ योजना : विजेतालाई आइफोन १२

बैंकिङ खबर/  कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । विद्युतीय कारोबारको प्रवर्धन गर्ने उद्देश्यले योजना प्रस्तुत गरेको बैंकले जनाएको छ । विद्युतीय कारोबारको प्रयोग बढाउन बैंकले योजनामा संलग्न हुने ग्राहकलाई आकर्षक उपहारको समेत व्यवस्था गरेको छ । योजनाअन्तर्गत ‘कुमारी स्मार्ट’ प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये एकजनाले आइफोन १२ प्राप्त गर्नेछन् । विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । साथै, ५ जनाले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।

बैंकले योजनाको नाम ‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ दिएको छ । योजनाअन्तर्गत ग्राहकले ३ चरणको काम सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । यसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी सर्वप्रथम ‘टप–अप’ गर्नुपर्नेछ । दोस्रोमा ‘फोन पे डिरेक्ट’को प्रयोग र तेस्रोमा ‘फोन पे क्युआर कोड’ स्क्यान गरी भुक्तानीको काम सम्पन्न गर्नुपर्नेछ । यी तीन काम सकेपछि मात्र ग्राहकले आइफोन १२ का लागि हुने ‘लक्की ड्र’मा सहभागी हुन पाउनेछन् ।

कुमारी स्मार्ट एपको पहिलो पटक कारोबार गर्ने ग्राहकमध्येबाट भाग्यशाली ५ जनालाई सामस ट्याब ए ८.० उपलब्ध गराइने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले पहिलोपटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) मध्ये कुनै एक कारोबार गरेपश्चात् ग्राहक लक्की ड्रका लागि योग्य हुनेछन् ।

कुमारी स्मार्टको प्रयोगका लागि ग्राहकले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोली कायम राखेको हुनुपर्नेछ । बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी उल्लेखित कार्य सम्पन्न गरेपश्चात् ग्राहकले योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । ‘एफवान सफ्ट’को सहकार्यमा यो योजना १ मार्चदेखि मार्च महिनाभर लागू हुनेछ ।

कुमारी बैंकले देशभरमा १ सय ९२ शाखा, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । अत्याधुनिक प्रविधिमार्फत सेवाप्रवाह भइरहेको दावी गर्दै बैंकले भविष्यमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त विद्युतीय पूर्वाधारहरू सुदृढ गर्दै प्रतिबद्धता बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]