March 7th, 2021

एनएमबी बैंकका अध्यक्ष गोल्यानलाई सिबिफिनको नेतृत्व, १५ सदस्यीय कार्यसमिति निर्विरोध

बैंकिङ खबर/  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पवनकुमार गोल्यान निर्वाचित भएका छन् । परिसंघको पहिलो वार्षिक साधारणसभाबाट गोल्यान निर्विरोध निर्वाचित भएका हुन् । उनी एनएमबी बैंकका अध्यक्षसमेत हुन् ।

गोल्यानको नेतृत्वमा १५ सदस्यीय कार्यसमितिको निर्वाचन गरेको सिबिफिनले जनाएको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष र सदस्यहरुको पनि निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह चुनिएका छन् । विकास बैंकतर्फको उपाध्यक्षमा राजेश उपाध्याय निर्वाचित भएका छन् ।

महासचिवमा केशरबहादुर रायमाझी चयन भएका छन् । त्यसैगरी, तुल्सीराम अग्रवालले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यमा पृथ्वीबहादुर पाँडे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान चुनिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]