Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तले दियो फिल्ड व्यवस्थापन तालिम

२०७७ फाल्गुन २३ गते

बैंकिङ खबर/  मिर्मिरे लघुवित्तले ३३ वटा शाखाका फिल्डहरूलाई एकदिवसीय फिल्ड व्यवस्थापन तथा कर्मचारी क्षमता अभिवृद्धि तालिम दिएको छ । लघुवित्तको क्षेत्रीय कार्यालय बिर्तामोडले प्रदेशअन्तर्गतका फिल्डहरूमा तालिम दिइएको हो ।

कार्यक्रममा कर्जा असुली तथा व्यवस्थापन विभाग प्रमुख रघुनाथ सुवेदीले कर्जा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरे । त्यसैगरी, बिर्तामोड क्षेत्रीय प्रबन्धक सुशीलकुमार बुढाले संस्थाको बचत, कर्जाका प्रकार तथा लेखासम्बन्धी प्रशिक्षण दिए । डंग्राहा ब्लक स्टेसन प्रमुख महेश्वर पौड्यालले केन्द्र बैठक व्यवस्थापनसम्बन्धी तालिम दिएको लघुवित्तले जनाएको छ ।

फिदिम ब्लक स्टेसन प्रमुख तिलक साउदले इम्पावर सफ्टवेयरसम्बन्धमा सहजीकरण गरेका थिए । कार्यक्रमको सहजीकरण तालिम तथा सामाजिक विकास प्रमुख विकल काफ्लेले गरेका थिए ।