एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद मुनाफामा ९ दशमलव ९१ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
२ अर्ब ७४ करोड २६ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ५ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १२ दशमलव ०४ प्रतिशतले वृद्धि गरी ९३ अर्ब ७३ करोड ५४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २३ दशमलव ६३ प्रतिशतले बढाएर ६८ अर्ब ९१ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १२ दशमलव १२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १८ दशमलव ३३ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा ९ करोड २७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १६ करोड ८१ लाख रुपैयाँ राखेको छ ।
एभरेष्ट बैंकको प्रति शेयर आम्दानी ६५ दशमलब ९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१ दशमलब ३१ गुणा, प्रति शेयर नेटवर्थ ३ सय २३ दशमलब ८१ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशतले घटेर शुन्य ३८ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ५४ प्रतिशतले घटेर १२ दशमलव ७९ प्रतिशत रहेको छ ।




