February 23rd, 2021

गभर्नरको बाटो पच्छ्याउँदै राष्ट्र बैंक सिद्धार्थनगर : लुम्बिनी प्रदेश डिजिटल बैंकिङ बन्दै

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लिएको डिजिटल बैंकिङको अबधारणलाई राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाले लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ कारोबार संचालनमा सक्रियता अपनाएको छ । नेपाल राष्ट बैंक सिद्धार्थनगर कार्यालयकोे पहलमा तरकारी पसल हुँदै, फलफूल, किराना सपल र ईरिक्सामा समेत डिजिटल बैंकिङ कारोबार सुरु भएको छ ।

अब तरकारी तथाफलफुलका ससाना पसलमा खरिद गर्दा पनि नगद नचांहिने भएको छ । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुचसम्म पुर्याउन क्युआर (क्वीक रेस्पोन्स) कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्येश्यले शुरु गरेको अभियान अन्तर्गत सिद्धार्थनगरका ससाना तरकारी तथा फलफुल पसल, खुद्रा पसलमा सरसामान खरिद गर्दा तथा ईरिक्सा सेवा प्रयोग गरेबापत गरिने भुक्तानी माक्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्र्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको शुरुवात गरिएको छ ।

नेपाल राष्ट बैंक सिद्धार्थनगर कार्यालयकोे पहलमा सिद्धार्थनगर नगरपालिका वार्ड नं ८ स्थित बीपिपथमा रहेको मायादेवी तरकारी तथा फलफुल बजारमा क्यूआर कोडबाट भुक्तानी कार्यको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले फागुन १० गते शुभारम्भ गर्नु भयो । नबिल बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको बताउदै यसमा कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गर्नुभयो । कार्यक्रममा नबिल बैंक लुम्बिनी प्रदेश प्रबन्धकयज्ञ प्रसाद शर्मा, शाखा प्रबन्धक लीला प्रसाद ओझा, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपाने, बजार समितिका अध्यक्ष सोम बहादुर पाण्डे, स्थानीय ब्यापारी पत्रकार लागयतको उपस्थिती रहेको थियो । सिद्धार्थनगरको बीपिपथमा रहेको यस स्थायी तरकारी बजार क्षेत्र भित्रका तरकारी एवम् फलफुलका पसलहरुमा दैनिक थोक तथा खुद्रा व्यापारमा करिब तिनसय पचास भन्दा बढीब्यापरीहरुका पसल सन्चालनमा रहेका छन् ।

यसै गरि सिद्धार्थनगर नगर क्षेत्रमा संचालित ईरिक्साहरुमा क्यूआर कोडबाटभूक्तानी कार्यको नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप पूmयालले एक कार्यक्रमको बीच गतहप्ता शुभारम्भ गर्नु भयो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुंदा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुखकार्यकारी अधिकृत प्रकाश पौडेलले डिजिटल भुक्तानी प्रणालीमा यस क्षेत्रका स(सानाब्यपारीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको बताउनु भयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले क्युआरकोड प्रणालीमा सबैलाई आबद्ध हुन आग्रह गर्दै यस क्षेत्रका बैंक वित्तीय संस्थाहरु र ब्यापारीहरुलाई क्यूआरकोड भुक्तानी प्रणालीको जानकारी र प्रयोगको बारेमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले सहजीकरण गरिरहेको र आगामी दिनमा ससाना तरकारी पसल, फलफुल पसल, किरानापसलहरु र भाडाका बसहरुमा पनि क्युआर कोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई प्रोत्शाहन गर्दै लैजाने बताउनु भयो । ईरिक्साचालक संघका अध्यक्ष हरि बहादुर नेपालीले भैरहवामा संचालित सबै ईरिक्साहरुमा क्रमशः क्युआरकोड भूक्तानी लागु गरि प्रयोगको तरिका पनि सिकाउदै जाने बताउनु भयो । सिद्धार्थनगर क्षेत्रमा करिब दूईसय भन्दा बढी ई(रिक्सा चालकहरु संघमा आबद्धभई सञ्चालनमा रहेका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]