Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हार्थोकमा राष्ट्रिय वाणिज्य बैकको १६८ औं शाखा 

२०७३ श्रावण ३० गते

rbbपाल्पा जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र हार्थोकमा राष्ट्रिय वाणिज्य बैकले आफ्नो १६८ औं शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले एक समारोहका बीच उद्घाटन गरे । 

समारोहमा बोल्दै गभर्नर डा. नेपालले राष्ट्रिय वाणिज्य बैैक नेपालको बैकिङ्ग क्षेत्रमा अत्यन्तै उत्तम बैंक भएकोले जनतालाई निर्धक्कसंग कारोवार गरी बैकिङ्ग सेवाको भरपुर उपयोगबाट यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गरे । राष्ट्रिय वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस  शाखाबाट जनताले सम्पूर्ण सुविधाहरु पाउने बताउदै बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि वित्तिय पहुंच विस्तार गर्ने वताए । बैकको पोखरा क्षेत्रका प्रवन्धक राज कुमार खड्काको सभापतित्वमा सम्पन्न उक्त समारोहमा ब्रान्च अपरेसन विभागका प्रमुख उध्दव प्रसाद खनालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डित, ने.रा.बैंक भैरहवाका मूख्य ब्यवस्थापक रेवती प्रसाद नेपाल, रा.वा.बैक ब्रान्च अपरेसन विभागका उप प्रमुख नारायण प्रसाद सुवेदी, प्रवन्धक सरोज बस्नेत, उप प्रवन्धक ईश्वरी न्यौपाने, शाखा प्रवन्धक कृष्ण पन्थी, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति थियो ।

Ad