February 22nd, 2021

कुमारी बैंकद्धारा महेन्द्रनगरका फलफुल तथा तरकारी पसललाई क्युआर कोड हस्तान्तरण

कुमारी बैंक लिमिटेडले कंचनपुर मन्डी ब्यवसायी संघको समन्वयमा कंचनपुरको महेन्द्रनगरस्थित फलफुल तथा तरकारी पसलहरुमा एक कार्यक्रमका बिच क्युआर कोडहरु हस्तान्तरण गरेको छ । कंचनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लको प्रमुख आतिथ्य तथा कंचनपुर मन्डी व्यवसायी संघका अध्यक्ष बिशाल सोनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कुमारी बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख दीपक खनाल तथा कंचनपुर शाखा प्रबन्धक जनक राज चटौतले क्युआर प्रविधिको प्रयोग तथा महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।


नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल अभियानमा बैंकिङ प्रबिधि बिस्तार तथा बिकासमा सहयोग पुग्ने बैंकले जनाएको छ । तरकारी तथा फलफुल किनेर क्युआर कोड मार्फत भुक्तानी गर्दै कार्यक्रम समापन भएको थियो । कुमारी बैंकले देशभरी १९२ शाखा, १५६ एटिएम, २२ शाखारहित बैंकिङ एजेन्ट तथा १४ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]