‘बीमा लेख धितो राखेर बैंक/वित्तबाट कर्जा नदिनु’

बैंंकिङ खबर । बीमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई पत्राचार गर्दै बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने व्यबस्था मिलाउन आग्रह गरेको छ । यसका लागि आवश्यक सहयोग गर्न पन बीमा समितिले राष्ट्र बैंकलाई अनुरोध गरेको छ । व्यक्तिगत बिमालेख धितो राखेर बैंक वित्तीय संस्थाबाट ऋण लिने क्रम बढ्दै गएको बेला बीमा समितिले नै बीमा लेख धितो कर्जा रोक्न लागेको हो । यो कार्य कानुनविपरीत भएका कारण यस्तो गरिएको बीमा समितिले जनाएको छ । बीमा समितिका अनुसार ‘बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न राष्ट्र बैंकसँग समन्वयन गरिएको छ । राष्ट्र बैंकलाई पत्राचार गर्दै समितिले ‘बीमालेखको धितोमा कर्जा लिनु बिमा ऐनविपरीत हो ।’ भनेको छ । यो काम कानुनविपरीत भएकाले नियन्त्रणका लागि राष्ट्र बैंकलाई आग्रह गरिएको उल्लेख गरिएको छ । बीमालेख धितोमा बैंकहरुले कर्जा दिन नपाउने भएकोले सोही बमोजिम कार्यान्वयनमा व्यबस्था गर्न पत्रमा भनिएको छ । तथापी बीमा कम्पनीहरुले आफूमा गरेको बीमा लेख राखेर सोही कम्पनीबाट भने कर्जा लिन पाउने व्यबस्था छ । ‘जुन कम्पनीबाट बिमा गरिएको हो, सोही कम्पनीबाट कर्जा लिन पाइन्छ, तर बिमालेख धितोमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्न ।’ बैंकलेनै बीमा लेख धितोमा कर्जा दिन थालेपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बीमा समितिले जनाएको छ ।


सोसिअल मेडिया