गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी समक्ष सपथ लिएका छन् । गरिमा विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट अध्यक्ष श्याम प्रसाद बस्याल सहित डा. आनन्द प्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित हुनुभएको थियो । संचालक समितिले गरिमा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।