Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु क्यापिटलले दियो शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम

२०७७ फाल्गुन २ गते

 


बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडले २०७७ फाल्गुण १ गते वीरगञ्ज स्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्यले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानी हुनुहुन्थ्यो । प्रमुख अतिथि टेमानीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रमको बारेमा प्रकाश पार्दै क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिनुभयो । आयोजनाको सम्पूर्ण तयारी गरेको नेप्लिज योंग इन्टरप्रेनर्स फोरम वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालले आगामी दिनहरुमा वीरगञ्जका युवाहरुलाई व्यवसायिकतातर्फ सशक्त रुपमा अगाडि बढाउन यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिराख्ने जानकारी दिनुभयो ।
तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गर्नु भएको थियो ।

Ad