Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डू लुम्बिनीको मुनाफा ७५ करोड ८१ लाख

२०७३ श्रावण ३० गते

boklबैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले गत आर्थिक वर्षमा ७५ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षकोभन्दा १ सय २६ दशमलव ९४ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंक अफ काठमाडू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको कुल चुक्ता पुँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकले जगेडा कोषमा ३ अर्ब ३० करोड ७९ लाख रुपैयाँ राखेको छ । एक वर्षमा बैंकले निक्षेपमा ७१ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ६७ अर्ब ८३ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ बैंकले ८० प्रतिशतले बढाएर ६० अर्ब ३१ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ११ दशमलव ७३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ८ सय दशमलव ७६ प्रतिशतले बढेर १ अर्ब १८ करोड ५ लाख रुपैयाँ पुगेको छ । १ करोड १६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ७ करोड ४८ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २४ दशमलव ५० रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक २३ दशमलव ८८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव २८ रुपैयाँ र तलरता अनुपात २३ दशमलव ५० प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा १ दशमलव २२ प्रतिशतले घटेर २ दशमलव २५ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ६७ प्रतिशतले बढेर १३ दशमलव ६७ प्रतिशतमा पुगेको छ ।