बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले गत आर्थिक वर्षमा ७५ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षकोभन्दा १ सय २६ दशमलव ९४ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंक अफ काठमाडू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको कुल चुक्ता पुँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकले जगेडा कोषमा ३ अर्ब ३० करोड ७९ लाख रुपैयाँ राखेको छ । एक वर्षमा बैंकले निक्षेपमा ७१ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ६७ अर्ब ८३ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ बैंकले ८० प्रतिशतले बढाएर ६० अर्ब ३१ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ११ दशमलव ७३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ८ सय दशमलव ७६ प्रतिशतले बढेर १ अर्ब १८ करोड ५ लाख रुपैयाँ पुगेको छ । १ करोड १६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ७ करोड ४८ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक २४ दशमलव ५० रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक २३ दशमलव ८८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव २८ रुपैयाँ र तलरता अनुपात २३ दशमलव ५० प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा १ दशमलव २२ प्रतिशतले घटेर २ दशमलव २५ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ६७ प्रतिशतले बढेर १३ दशमलव ६७ प्रतिशतमा पुगेको छ ।




