Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारतीय नागरिकको सिक्का कारोबार : एउटै सिक्का बेचेर लाखौ आर्जन

२०७७ माघ २९ गते

बैंकिङ खबर । भारतको आन्द्र प्रदेशमा सिक्काको स्टल राख्ने एक कारोबारी एक सिक्का बेचेर लखपति बनेका छन् । उनले आफूसँग भएको विन्टेज सिक्कालाई बेचेर लाखौँ कमाएका हुन् । आन्द्र प्रदेशमा रहँदै आएका बी चन्द्रशेखरले प्रतिसिक्का ३ लाख रुपैँयामा विक्रि गरेका हुन् । उनी बर्लुृड तेलुगु कन्फेरेन्स अगाडीको सडकको किनारामा यस्ता सिक्काहरुको स्टल राख्ने गर्दछन् । सोही कन्फेरेन्समा हुने प्रदर्शनीहरुको अवलोकन गर्न आएका मानिसहरुले उनको स्टलमा रहेका सिक्काहरु खरिद गर्ने गरेका छन् । एक सिक्काको लागि मानिसहरु सहजै लाखौँ रुपैँया दिन राजी हुन्छन् । 

के छ यस सिक्कामा ?
चन्द्रशेखरले ३ लाख रुपैँयामा बेच्ने गरेका सिक्काहरु सामान्य सिक्का नभएर ऐतिहासिक महत्व बोकेका सिक्काहरु हुन् । यो सिक्का सन् १९७३ मा मुम्बई मिन्टमा बनाइएको थियो । मुम्बई मिन्ट भारतको सबैभन्दा पूरानो मिन्टमध्येको एक हो । यसको आविष्कार अंग्रेजहरुले गरेका थिए । सो समयमा मुम्बई अंग्रेजहरुको आर्थिक गतिविधिका लागि केन्द्र थियो । सो समयमा मुम्बईमा बनाइएका सिक्काहरुमा हीराले धर्का बनाइएको हुन्थ्यो । चन्द्रशेखरले एक अंग्रेजी वेभसाइटका लागि दिएको अन्तर्वार्तामा भनेका थिए, उनीसँग सन् १७६५ मा बनाइएका सिक्कादेखि लिएर कयौँ ऐतिहासिक सिक्काहरु छन् । 

 

Ad