त्रिवेणी विकास बैँकको १३ औँ बार्षिकोत्सवको अबसरमा बैँकको हेटौँडा शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैँकको हेटौँडा शाखाका बरिष्ठ प्रबन्धक उदेश भट्टराईले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरे ।
टीसीएनरोडस्थित कार्यालय अगाडी गरिएको कार्यक्रममा छ जना महिलासहित एक सय तीन जनाले रक्तदान गरे । रक्तदान जिवनदान भन्ने नारासहित गरिएको कार्यक्रममा रक्तदान गर्नेलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मकवानपुरद्धारा सञ्चालित रक्त सञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहाल सहितको टोलीले रगत संकलन गरेको थियो । सर्वसाधारणसहित नेपाली सेनाका केहीले रक्तदान गरेका थिए ।
बैँकले छ बर्षदेखि हेटौँडामा शाखा सञ्चालन गर्दै आएको छ । त्रिवेणी विकास बैँक, पव्लीक डेभलपमेन्ट बैँक र ब्राईट डेभलपमेन्ट बैँक मर्ज भएर २०७२ जेठदेखि एकीकृत कारोबार गर्दै आएको छ ।
