Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको बगर शाखामा लकर सूबिधा

२०७७ माघ २७ गते

बैंकिङ खबर । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुलाई दिईरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनकालागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं ज्ञ वगर स्थित शाखाबाट लकर सूविधाको आईतबारबाट सञ्चालनमा आएको छ । बैंकद्धारा आयोजित उक्त कार्यक्रमको औपचारीक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गर्नूभएको हो । साथै उक्त कार्यक्रमलार्ई सम्वोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैकको नीति तथा नियमको परिधिमा वसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेची देखि पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरि हाल नेपाल अधिराज्यभर बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट सेवा प्रदान गरिरहेको र निकट भविष्यमा देशका अन्य स्थानहरुबाट समेत थप शाखा सञ्जाल विस्तार गर्ने क्रममा रहेको अवगत गराउनु भएको छ ।

Ad