Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न

२०७७ माघ २६ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७७ माघ २५ र २६ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जोखिम ब्यवस्थापन सम्बन्धी तालिम भोज राज बश्यालले तथा धितो कर्जा मुल्याङ्कन प्रक्रिया सम्बन्धी लेखनाथ दाहालले प्रशिक्षण दिनु भएको थियो । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा, दिपेन्द्र खनाल तथा रामकृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गर्नुभयो भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब रु. ३ अर्ब २५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ७ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।