Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको शाखा सिद्धार्थनगर र मझगाँवामा

२०७७ माघ २५ गते

बैंकिङ खबर । कृषि विकास बैंक लि. शाखा सिद्धार्थनगरबाट मिति २०७७ माघ २४ गते शनिबारका दिन भिम अस्पताल भैरहवाको परिसरमा रहेको ATM मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज बि.क.ले सयूक्त रुपमा समुदघाटन गर्नुभयो । सोही अस्पतालकी मे.सु. डा.सकुन्तला गुप्ता, बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, विभागिय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थी, लगायत सामाजिक व्यक्तित्व, बैंक, अस्पतालका कर्मचारी, ग्राहक र सेवाग्राह्री को उत्साहजनक उपस्थिती रहेको थियो । सो अवसरमा कृषि विकास बैंंक लि. शाखा सिद्धार्थनगरका प्रवन्धक बाबुराम खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा भिम अस्पताल भैरहवाकी मे.सु. डा. सकुन्तला गुप्ताले आफ्नो मन्तव्यका क्रममा साईकल, ठेलागाडा, रिक्सामा विरामी ल्याउने निम्न आय स्तर भएका जनताको सेवा गरिरहदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरु खरीद गर्न नसकिएको अवस्थामा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत Degital X-Ray मेसिन हस्तान्तरणले यस अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको छ, यसका लागि प्रमुख कार्यकारी अधिकृत लगायत कृषि विकास बैंकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

सोही कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत चितवनका २ वटा अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटा लगायत देशका विभिन्न अस्पतालहरुलाई प्राविधिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको छ । जनतालाई प्रत्यक्ष सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको छ र यस्ता कार्यक्रमलाई अगामि दिनमा समेत निरन्तरता दिइने छ भन्नु हुदै बैंकबाट प्रदान गरिएका आधुनिक सेवाहरुलाई परिस्कृत गर्ने सन्दर्भमा ATM Machine, QR-Code, Mobile Banking, लाई प्राथमिकता दिदै आईरहेको छ यसलाई पूर्ण उपयोग गर्नका लागि सबैलाई अनुरोध समेत गर्नु भएको थियो । साथै किसानको हितको लागि बैंकले किसान कार्ड ल्याउने तयारीमा रहेको जानकारी गराउनु भएको थियो ।
ततपश्चात प्रमुख अथिति रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख एवम् भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्य एकराज वि.क.बाट कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई Degital X-Ray मेसिन उपलव्ध गराएकोमा धन्यवाद दिदै यस्ता कार्यक्रम अन्य संस्था तथा व्यवसायिक व्यक्तिव्यबाट समेत गर्नुपर्ने बारेमा आफ्नो धारणा राख्दै अस्पतालको भावि योजनाको बारेमा समेत प्रकाश पार्नु भएको थियो । सोही दिन रुपन्देही जिल्लाको शाखा मझगाँवामा समेत ATM मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कोटहीमाई गाऊपालिकाका अध्यक्ष चन्द्रभुषण यादवबाट सयूक्त रुपमा समदघाटन गरियो । सो कार्यक्रमको स्वागत मन्तव्य शाखा मझगाँवाका प्रवन्धक धर्मराज गुप्ताले गर्नु थियो । उक्तः कार्यक्रममा कोटहीमाई गाऊ पालिकाका अध्यक्ष्य चन्द्र भुषण यादवबाट कृषि विकास बैंकले २०३३ सालदेखि बैंक स्थापना गरि आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्दै आएको र यस बैंकमा हाम्रो पैसा सुरक्षित रहेको, बैंकले कृषकलाई सजिलै ऋण प्रदान गरेको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । सोही कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत ज्यूबाट बैंकका Product हरुको बारेमा जानकारी गराउदै कृषि विकास बैंकले सम्पुर्ण सुविधा सहित देशका २८० भन्दा बढी स्थानबाटसेवा दिदै आईरहेको र अगामी दिनमा अझ बैंकको सेवा र सुविधा बिस्तार गरिने समेत बताउनु भएको थियो । दुवै कार्यक्रमको अध्यक्ष्यता प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थीले गर्नु भएको र कार्यक्रमको संचालन प्रदेश कार्यालय भैरहवाका बरिष्ठ शाखा अधिकृत अव्दुल मतीन मुसलमानले गर्नु भएको थियो ।

Ad