बैंकिङ खबर । नेपालको प्रमुख आर्थिक सूचकहरु सुधारोन्मुख दिशातर्फ गइरहेको छ ।

गत मंसिर २०७६ मा २३ अर्ब ३० करोड बचतमा रहेको शोधान्तर स्थिति २०७७ मंसिरमा पुग्दा ८३ अर्ब १८ करोडले वृद्धि भई १०६ अर्ब ४८ करोड बचतमा रहेको छ ।
(निश्चित समयावधिभित्र आवासीय र गैर(आवासीय व्यक्तिरसंस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।)
यस्तै, गत मंसिर २०७६ मा ३ सय ७६ अर्ब ९९ करोड रहेको विपे्रषण २०७७ मंसिरमा पुग्दा ३९ अर्ब ८२ करोडले वृद्धि भई ४ सय १६ अर्ब ८१ करोडमा पुगेको छ ।
यता, निर्यात भने गत मंसिर २०७६ मा ४८ अर्ब ६० करोडमा भएको निर्यात २०७७ मंसिरमा १ अर्ब ४६ करोडले बढेर ५० अर्ब ६ करोडमा पुगेको छ ।
यस्तै आयात हेर्दा गत मंसिर २०७६ मा ५ सय ८१ अर्ब २६ करोडमा भएको आयात मंसिर २०७७ मा ५५ अर्ब ७६ करोडले घटेर ५ सय २५ अर्ब ५० करोडमा पुगेको छ ।
यता, व्यापार घाटाको अवस्था हेर्दा गत मंसिर २०७६ मा ५ सय ३२ अर्ब ६६ करोड भएको व्यापार घाटा मंसिर २०७७ मा ५७ अर्ब २२ करोडले घटेर ४ सय ७५ अर्ब ४४ करोडमा पुगेको छ ।
( एक देशले निर्यात भन्दा अधिक आयात गर्दछ भने यसलाई व्यापार घाटा भनिन्छ । यसको मतलब यो हो कि देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले यसलाई अन्य देशहरूबाट आयात गर्नुपर्दछ । व्यापार घाटा घटाउन निर्यातमा प्रोत्साहन र आयातमा प्रतिस्थापन गर्नु आवश्यक छ ।)
समग्रमा हेर्दा देशको आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ उन्मुख देखिन्छ । विप्रेषणमा सूधार निर्यातमा भएको वृद्धि र आयातमा आएको कमीले अर्थतन्त्रलाई सहयोग गरीरहेको छ । यसैगरी व्यापार घाटामा पनि कमी आएको देखिन्छ ।
