बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले माघ २० गते देखि १० अर्बको बिकास ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सुचना जारी गर्दै विकास ऋणपत्र २०८३ बिक्री गर्ने जानकारी दिएको हो । उक्त ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने केन्द्रीय बैंकको भनाई छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था एवं नेपाली नागरिकले सहभागिता जनाउँन सक्नेछन् ।