Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नाफामा कमजोर देखिएका ७ वाणिज्य बैंकहरु

२०७७ माघ १८ गते

बैंकिङ खबर । बैंकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । २७ वाणिज्य बैंकहरुले नै नाफाको विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंकले केवल २० करोड २९ लाख रुपैँया मात्र आर्जन गर्न सकेको छ भने सेञ्चुरी बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू र स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्यको तुलनामा कम नाफा कमाउनेकै सूचीमा रहेका छन् ।

हेर्नुहोस् कम नाफा कमाउने ७ वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको नाफा विवरण :

सिभिल बैंक : 
सिभिल बैंकले २० करोड २९ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्म ७७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै बैंकले ६८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सेञ्चुरी बैंक :
सेञ्चुरी बैंकले ४६ करोड ६६ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्म आइपुग्दा ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७२ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले रु. १ अर्ब ८७ करोड १७ लाख ९७ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ६५ करोड ९५ लाख खुद नाफा कमाएको थियो । १ खर्ब ३ अर्ब २४ करोड ६५ लाख निक्षेप संकलन गरेको बैंकको वित्तरणयोग्य नाफा१४ करोड ११ लाख २१ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब ९५ करोड ६२ लाख चुक्तापुँजी रहेको बैंकको प्रति शेयर आम्दानी ११.५० रुपैयाँ रहेको छ ।

एनसीसी बैंक :
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चालु आवको पुुसमसान्तसम्म ६१ करोड ४० लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीसम्म ७५ करोड ६३ लाख ४८ हजार नाफा कमाएको थियो । गत आवको सोही अवधीसम्मको तुलना बैंकको खुद नाफा १८.८१ प्रतिशतले कम हो । बैंकको हाल वितरण योग्य नाफा ४१ करोड ६६ लाख ७५ हजार रहेको छ । चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

हिमालयन बैंक :
हिमालयन बैंकले पुसमसान्त सम्म ६५ करोड ३३ लाख खुद नाफा कमाएको छ । १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक अफ काठमाण्डू :
बैंक अफ काठमाण्डूले ७० करोड ८५ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तमा आइपुग्दा ९५ अर्ब २५ करोड रुपैया निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७२ करोड ७६ लाख ३९ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब २२ करोड ६९ लाख खुद नाफा कमाएको थियो । बैंकले ८३ अर्ब ५० करोड ८५ लाख निक्षेप संकलन गरेको छ भने ५३ अर्ब १२ करोड ४८ लाख कर्जा प्रवाह गरेको छ । ८ अर्ब ५७ करोड २२ लाखे चुक्तापुँजी रहेको बैंकको वित्तरणयोग्य नाफा भने ६१ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

Ad