August 12th, 2016

नाफाका आधारमा दोस्रो बन्यो नविल बैंक

nabil bankनविल बैंकले गत आर्थिक बर्षमार २ अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा ७३ करोड रुपैयाँ बढि नाफा कमाएको हो । केही वर्षदेखि नाफामा सबै वाणिज्य बैंकहरुलाई उछिन्दै आएको बैंक गत वर्षको नाफाको आधारमा दोस्रो स्थानमा धकेलिएको छ । पहिलो स्थानमा यस पटक नेपाल बैंक आएको छ । निजी क्षेत्रका बैंकहरुको मात्रै नाफा हेर्दा भने नविल बैंक नै अग्रस्थानमा छ ।  

बैंकले यसअवधिमा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । नविलले खुद ब्याज आम्दानीमा ८० करोड रुपैयाँ बढोत्तरी गर्दै ४ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । 

खराबकर्जा घटाएर बैंकले प्रोभिजनमा ५० लाख रुपैयाँ राखेको छ भने प्रतिशेयर आम्दानी झण्डै ६० रुपैयाँ पुर्याएको छ । बैंकको प्रति शेयर नेटवर्थ २ सय ५९ रुपैयाँ रहेको छ भने तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५५ प्रतिशत रहेको छ ।