बैंकिङ खबर । प्रभु बैकले ६ महिनामा डेढ अर्ब नाफा कमाएको छ । बैंकले चालु आ.व. को दोस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड ८६ लाख रुपैंया बराबरको खुद नाफा कमाएको हो । बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड ८७ लाख नाफा कमाएको थियो । जुन ३९.८७ प्रतिशतको वृद्धि हो । बैंकले सो अवधिसम्म ३ अर्ब ८३ करोड ५१ लाख ४३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी २६.७७ रुपैयाँ देखिएको छ । ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ छ ।