बैंकिङ खबर । सानिमा बैंकको नाफा घटेको छ। बैंकको नाफा ७.३७ प्रतिशतले घटेको हो । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड २८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड ७४ लाख खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ। बैंकको २ अर्ब १६ करोडको आम्दानी एक अर्ब ९९ करोडमा झरेको हो।
यस अवधिमा बैंकले १ खर्ब १० अर्ब २४ करोड १४ लाख निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब ५४ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।