Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभुु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा सञ्चालनमा

२०७७ माघ १२ गते

 

बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि आज मिति २०७७/१०/१२ गते देखि “प्रभु दाई”अनलाइन सेवा शुरु गरेको छ ।
सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाईन डिम्याट खाता सम्बन्धी सेवा (OnlineDemat Account), क्यापिटलको प्रोडक्ट तथा सेवाहरु (Product & Services) सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचना (News & Notice) को जानकारीग्राहकहरुले सहज रुपमा पाउनुका साथै क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ ।
साथै प्रभु क्यापिटलले ग्राहकहरुको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरुको सेवा समयमा नैं प्रदान गर्न समेत प्रतिवद्ध रहेको जानकारी गराएको छ ।

 

Ad