January 22nd, 2021

बैंक वित्तमा प्रशस्त रोजगारीको अवसर, छानी छानी दिनुहोस् आवेदन

बैंकिङ खबर । बिभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् ।

कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले विभिन्न १५ पदमा ३२६ जना कर्मचारीको माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको पदमा दरखास्त आह्वान गरेको हो । कम्तिमा प्लसटु उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने जनाइएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

समृद्धि फाइनान्सले कर्मचारीको माग गरेको छ । कम्पनीले असिसस्टेन्ट र सिनियर असिसस्टेन पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौंको लागि कर्मचारीको माग गरेको हो । योग्य तथा इच्छुक आवेदकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महुली लघुवित्त वित्तीय संस्थामा ठूलो संख्यामा कर्मचारीको माग भएको छ । कम्पनीले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, विभागीय सहायक, प्रदेश प्रमुख, अनुगमन अधिकृत र व्यवस्थापन प्रशिक्षार्थीका लागि कर्मचारीको माग गरेको हो । सम्पूर्ण पदहरुको लागि कम्यूटर ज्ञान अनिवार्य रहेको सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले १ जना सहायक प्रबन्धक, १ जना बरिष्ठ अधिकृत, केहि अधिकृत, कनिष्ट अधिकृत, केहि बरिष्ठ सहायक, सहायक र केहि कनिष्ठ सहायक तथा प्रक्षिक्षार्थि सहायक कर्मचारी माग गरेको हो ।
२ पाङ्ग्रे सवारीको लाईसेन्स भएकालाई विशेष प्राथमिकता दिने संस्थाको भनाई रहेको छ । दरखास्त फारम संस्थाको बेभसाइट www.jucbank.com.np मार्फत डाउनलोड गर्न सकिनेछ । अथवा मा Email address [email protected] मा समेत पठाउन सकिनेछ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको लघुवित्तले  विभिन्न पदमा २२ कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत , बरिष्ठ अधिकृत आइटी इन्जिनियर, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सवारी चालक र कार्यालय सहयोगीको माग गरेको हो ।  इच्छुक तथा योग्य नेपाली नागरिकले माघ १८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृतका लागि १ जना र कनिष्ठ अधिकृतका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका योग्य नागरिकले २०७७ माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]