January 21st, 2021

५० अर्बको निक्षेप संकलनद्धारा तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ । रु. ५० अर्बको निक्षेप संकलन उपकरणको मिति २०७७ माघ गते  ८ गते बिहिबार बोलकबोल हुने केन्द्रीय बैकले सूचना मार्फत जानकारी गराएको छ ।

१. (क) उपकरणकोनाम : निक्षेप संकलन ।
(ख) आव्हान रकम : रु. ५० अर्ब (पचास अर्ब रुपैयाँमात्र) ।
(ग) बोलकबोल मिति : २०७७ माघ ०८ गतेअपरान्ह २ः०० बजेसम्म Online Bidding System Software मार्फत मात्र बोलकबोल हुने।
(घ) निष्काशन मिति : २०७७ माघ ०८ गते।
(ङ) ब्याजदर : बोलकबोलकोमाध्यमबाट निर्धारण हुने।
(च) साँवा तथा ब्याज भुक्तानी मिति : २०७७ फागुन ०६ गते।
(छ) बोल गर्न सकिने रकम : घटीमा रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म ।
(ज) धितोसम्बन्धी व्यवस्था : यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने।
२. निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ ।
३. योनिक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
४. निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
५. निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
६. समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ ।
७. खुला बजार कारोबार संचालन समितिले Cut-off Rat निर्धारण गर्न सक्नेछ ।
८. आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।
९. सफल बोलवालाहरुकोस्वीकृत रकम निष्काशन मितिका दिन यस बैंकमा रहेकोखाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ ।
१०. बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
११. निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
१२. निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइनेछैन । तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।
१३. संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी हुने छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]