Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेप संकलनमा आक्रमक हुँदै वाणिज्य बैंकहरु

२०७७ माघ ५ गते

अपेक्षा ढुंगाना । बैंकिङ खबर ।  कोभिडको महामारीले केही कमजोर बनेको बैंकिङ क्षेत्र पुनः आफ्नो लयमा फर्किन थालेको छ । संक्रमण रोक्न सरकारले लकडाउन गर्दा कर्जा र लगानी खुम्च्याउन बाध्य भएका बैंकहरुले आर्थिक गतिबिधि चलायमान हुन थालेसँगै कर्जा र निक्षेपमा सुधार गर्न थालेको देखिएको छ ।

रु(अर्बमा)

बाणिज्य बैंकहरुले असार ३१, २०७७ मा स्वदेशी निक्षेप मात्र ३ हजार ३ सय ६२.६४ अर्ब संकलन गरेकोमा २०७७ असोज ३० सम्म आइपुग्दा ३ हजार ५ सय ४३.१९ अर्ब निक्षेप संकलन गर्न सफल भए भने पुस २९ मा पुग्दा ३ हजार ६ सय ७६.३० अर्ब निक्षेप संकलन भएको छ । यसरी स्वदेशी र बिदेशी निक्षेप गरी बाणिज्य बैंकहरुले पुस २९ सम्म कुल ३ हजार ७ सय ८०.३८ अर्ब निक्षेप संकलन गर्न सफल भएको देखिएको छ ।
यसैगरी कर्जा तथा सापटीमा पनि सुधार देखिएको छ । गत असार ३१ मा २ हजार ८ सय ५.८७ अर्ब स्वदेशी कर्जा सापटी देखिएको बाणिज्य बैंकमा असोज ३० सम्म वृद्धि भई २ हजार ९ सय ४१.४८ अर्ब कर्जा सापटीमा गएको देखिन्छ भने पुस २९ सम्म कुल ३ हजार १ सय ३६.३८ अर्ब कर्जा सापटीमा गएको देखिन्छ यसरी स्वदेशी र बिदेशी कर्जा सापटी गरी पुस २९ सम्म कुल ३ हजार २ सय ४३.६१ अर्ब गएको देखिएको छ ।
यसैगरी, बिकास बैंकहरुले पनि सुधार गरेको देखिन्छ । बिकास बैंकहरुले असार ३१ २०७७ मा स्वदेशी निक्षेप मात्र ३ सय ४७.५१ अर्ब संकलन गरेकोमा २०७७ असोज ३० सम्म आइपुग्दा निक्षेप वृद्धि गरी ३ सय ७३.६६ अर्ब निक्षेप संकलन गर्न सफल भएका थिए भने २०७७ पुस २९ मा पुग्दा ४००.६० अर्ब निक्षेप संकलन गर्न सफल भए । यसरी स्वदेशी र बिदेशी निक्षेप गरी बिकास बैंकहरुको पुस २९ सम्म कुल ४००.६१ अर्ब निक्षेप संकलन भएको देखिएको छ । यसैगरी कर्जा तथा सापटीमा गत असार ३१ मा २ सय ८१.७१ अर्ब स्वदेशी कर्जा सापटी देखिएको बिकास बैंकमा असोज ३० सम्म वृद्धि भई ३ सय ७.५२ अर्ब कर्जा सापटीमा गएको देखिन्छ यसैगरी स्वदेशी र बिदेशी कर्जा सापटी गरी पुस २९ सम्म कुल ३ सय ३९.१६ अर्ब गएको देखिएको छ ।

यता, फाइनान्स कम्पनीहरुको हकमा वित्त कम्पनीहरुले असार ३१ २०७७ मा स्वदेशी निक्षेप मात्र ८७.९८ अर्ब संकलन गरेकोमा २०७७ असोज ३० सम्म आइपुग्दा निक्षेप वृद्धि गरी ९२.६५ अर्ब निक्षेप संकलन गर्न सफल भएका थिए भने पुस २९ मा आइपुग्दा ९८.२५ अर्ब निक्षेप संकलन गर्न सफल भएको देखिन्छ । यसैगरी कर्जा तथा सापटीमा भने गत असार ३१ मा ७३.४० अर्ब स्वदेशी कर्जा सापटी देखिएको वित्त कम्पनीमा असोज ३० सम्म आइपुग्दा घटेर ७३.३७ अर्ब पुगेको छ भने पुस २९ मा पुग्दा बढेर ७७.७३ अर्ब कर्जा सापटीमा गएको देखिन्छ ।

यसरी हेर्दा बैंकिङ क्षेत्र पुनः आफ्नो लयमा फर्किदै गएको देखिन्छ । पुष सम्म आउँदा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४ हजार २ सय ७९.२३ अर्ब निक्षेप संकलन गरेका छन् भने पुषसम्म कुल कर्जा सापटी ३ हजार ६ सय ६०.४९ अर्ब पुर्याएका छन् ।

Ad