January 15th, 2021

कोभिडबाट ठुला व्यबसाय भन्दा साना व्यबसाय मारमा (राष्ट्र बैंकको सर्बेक्षण यस्तो छ)

बैंकिङ खबर । नेपल राष्ट्र बैंकले गत मंसीर मसान्तसम्मको आर्थिक सर्बेक्षणमा अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको देखाएको छ । गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेको देखिन्छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ । तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ ।

नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिक रुपमा सञ्चालनमा आउन थालेका छन्। व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो।
पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ । यस सर्वेक्षणले ५४ प्रतिश/ उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन /कारोबार स्थिति योसर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको
छ भने रोजगारीकोअवस्थामा समेत सुधार आई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ । 
aaaaajjj

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]