Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको अठ्ठाइसौं वार्षिक साधारण सभा सम्पन्न

२०७७ पुष २८ गते

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वार्षिक साधारण सभा २०७७ पौष २७ गते सम्पन्न भएको  छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बार्षिक साधारण सभा कोभिड—१९ को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको (Online Meeting) माध्यमबाट संचालन गरिएको थियो ।

उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश  (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ । सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ ATM र ४२०० भन्दा बढी POS Terminals संख्या बाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई रु. १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ । यस अबधिमा बैंकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सिमित गरिएको छ ।

 

Ad