Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लिलामी रोक्न र ऋणीलाई दुख नदिन ‘एनआईसी एशीया बैंक’लाई राष्ट्र बैंकको निर्देशन

२०७७ पुष २६ गते

बैंकिङ खबर । जथाभावि लगानी गर्ने र घरजग्गा हडप्ने नीति लिएको एनआईसी एशीया बैंकलाई नेपाल राष्ट्र बैंकले पत्र काटेको छ । राष्ट्र बैंकले पर्यटन, होटल, खाद्य सामग्री उत्पादन गर्ने कम्पनीलगायतका ऋणीले लकडाउनयता आम्दानी गर्न नसकेको भन्दै कोरोना राहत दिएको थियो । तर सो नीति विपरीत एनआईसी एशिया बैंकले सयौ ऋणीलाई लिलामी गरीसकेको छ । राष्ट्र बैंकले एनआईसी एशिया बैंक बाहेक अरु बैंकलाई समेत सचेत गराएको छ । बैंकहरुले दिनदिनै ऋणीको धितो लीलामीका लागि सार्वजनिक सूचना जारी गर्न थालेपछि सन्त्रास फैलीएको छ । भाखा नाघेको तथा सावाँव्याज भुक्तानी गर्न नसकेको भन्दै एनआईसी एशिया बैंकले ३ महिना कटेका ऋणीलाई समेत लिलामीको सूचना निकाल्दै आएको छ । एनआईसी एशिया बैंकले ऋणीलाई अति गरेपछि राष्ट्र बैंकले पत्र नै काटेर लिलाम नगर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकमा दुई सयभन्दा धेरै ऋणीको उजुरी परेको छ । यसबारेमा राष्ट्र बैंकमा उजुरी दिएका ऋणी र सम्बन्धित बैंकलाई बोलाएर राष्ट्र बैंकले स्पष्टीकरण लिने काम गरीरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमै ऋणीको पुनर्तालिकीकरण वा पुनरसंचरना गर्ने छुट दिएको थियो । यस अघि नै कोरोना कारण लकडाउन अबधिभर कर्जा नउठाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

Ad