Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तिनाउ मिसन – सिटिजन्स बैंकमा गाभिने, ज्योती विकास बैंक पनि पार्टनरको खोजिमा

२०७७ पुष २३ गते

बैंकिङ खबर । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक विलय हुने भएको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि अब सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकीकृत कारोबार हुने छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न लागेको हो । सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेपछि भने सो बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० रेसियोको सेयर सिटिजन्स बैंक इन्टरनेसनलको ९६ तय गरीएको छ ।

ज्योति विकास बैंकको पनि मर्जर तयारी
उता ज्योति विकास बैंकले पनि मर्जरको तयारी थाल्ने भएको छ । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट साधारण सभा सभा सञ्चालन गर्ने निर्णय गरेको छ । बैंकले माघ १४ गते १३ औं वार्षिक साधारण सभामा मर्जर तथा प्राप्तीलाई मुख्य प्रस्ताव बनाउने भएको छ । उपयुक्त कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भलाई बैंकले जोड दिएको बैंकका एक उच्च अधिकारीले बताएका छन् । ज्योति विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो ।

Ad