नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) ले गत आर्थिक वर्षमा ७० करोड ३० लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले खुद नाफामा २९ करोड ५४ लाख ३४ हजार रुपैंया अर्थात ७२ दशमलव ४७ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४० करोड ७६ लाख ५४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी २ अर्ब ३५ करोड ३१ लाख ७६ हजार रुपैंया रहेको बैंकले जगेडा कोषमा १ अर्ब २८ करोड ४१ लाख ४५ हजार रुपैंया राखेको छ । सो अवधिमा बैंकले २३ करोड १७ लाख ५५ हजार रुपैंया राइट व्याक गरेर निष्कृय कर्जा अनुपात शुन्य दशमलव ९० प्रतिशतमा झारेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षको २६ अर्ब ६६ करोड ११ लाख रुपैंयाको निक्षेप संकलनलाई बढाएर ३० अर्ब ३६ करोड ३५ लाख रुपैंया पुर्याएको छ । कर्जातर्फ पनि २१ अर्ब ४४ करोड २४ लाख रुपैंयाबाट बढाएर बैंकले २४ अर्ब ८९ करोड ११ लाख रुपैंया पुर्याएको छ ।
सो अवधिमा बैंकले १ अर्ब १८ करोड ९४ लाख रुपैंया व्याज आम्दानी गरेको छ । सञ्चालन मुनाफा एक वर्षमा ४८ करोड ७७ लाख रुपैंयाबाट बढाएर ७४ करो ७६ लाख रुपैंया पुर्याएको छ । पूँजी कोष पर्याप्तता ११ दशमलव ८० प्रतिशत कायम गरेको बैंकको प्रतिशेयर आम्दानी २९ रुपैंया ८८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ५४ रुपैंया ५७ पैसा रहेको बैंकको मुल्य आम्दानी अनुपात १२ दशमलव १५ तथा तरलता अनुपात २१ द्यशमलव ३९ र प्रतिशेयर कुल सम्पत्तीको मुल्य १ हजार ५ सय २ रुपैंया ६९ पैसा रहेको छ ।
२ वाणिज्य बैंक सहित अरु ४ विकास बैंकसंग मर्जरमा जाने सम्झौता गरेपछि गत मंसिर १३ गतेदेखि बैंकको शेयर कारोबार रोक्का भएको छ । मंसिर १२ गते अन्तिम पटक भएको कारोबारमा बैंकको प्रतिकित्ता शेयर मुल्य ३ सय ६३ रुपैंया रहेको थियो ।




